बैशाख ०८, २०८१, शनिबार
               

साताको पहिलो  दिन नेप्से २५०० भन्दा तल

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल ‌ओर्लिएको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से २५५४.१४ विन्दुमा थियो । 

यस दिन ७९.७४ अंक अर्थात् ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ५.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६८ अंक घटेको छ।

नेप्से ओरालो लागे पनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ। गत साताको अन्तिम कारोबार दिन ६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्रै बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको हो।

यस उपसमूह अन्तर्गतको चन्द्रागिरी हिल्सको सेयरमूल्य बढेसँगै परिसूचक बढ्न पुगेको हो। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.१३ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ। भने बैंकिङ, विकास बैंक र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।


कस्तो लाग्यो ?

यो पनि