बैशाख ०७, २०८१, शुक्रबार
               

नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा कायम भएको छ ।

आइतबार २०७ कम्पनीको दुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसी र शिव श्री हाइड्रोपावरको १० प्रतिशतले बढेको छ भने निफ्राको ९.९८ प्रतिशतले बढेको छ । 

सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल बैंकको ६१ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै, निफ्राको ५३ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै बेष्ट फाइनान्सको शेयर मूल्य ३.३७ प्रतिशतले घटेको छ भने एभरेष्ट इन्स्योरेन्सको ३.३३ प्रतिशतले घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि