बैशाख २६, २०८१, बुधबार
               

सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीच सिटिजन्स बैंकका कार्ड प्रयोगकर्तालाई विशेष छुट दिनेबारे सम्झौता भएको छ । 

समझदारीले सिटिजन्स बैंकका  कार्ड प्रयोगकर्ता ग्राहकले पेलेस एप्ससँग आबद्ध चार सय ५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउने भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि १०९  शाखा, ९८ वटा एटिएम र १०७  शाखारहित बैंकिङ इकाइबाट  बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि