बैशाख २२, २०८१, शनिबार
               

ग्रीनलाइफको आइपिओ भोलि बाँडफाँड हुने

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुँदैछ । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणबाट माग गरिएको कुल ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओको परेको आवेदनहरूबाट लक्की ड्रमार्फत शुक्रबार बाँडफाँड हुन लागेकाे हाे ।

कम्पनीले ३२ लाख ५१ हजार ५ सय ५२ कित्तामा माग गर्दा २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि १३ लाख २६ हजार ७७ जनाले आवेदन दिएका छन् ।

आईपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड गरिदैँछ । माग र आवेदनका आधारमा गोला प्रथाबाट हुने बाँडफाँडमा ३ लाख २५ हजार १६५ जनाले १० कित्ता दरले शेयर पाउने छन् भने १० लाख ९११ जना आवेदकको हात खाली हुने देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि