बैशाख १२, २०८१, बुधबार
               

नेप्से २६३६.६८ विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्से २५.२३ अंकले बढेर २६३६.६८ को विन्दुमा कायम भएको छ । २०६कम्पनीका  एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ७६ करोडभन्दा बढीको कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी एनआइसी एशिया बैंकको ५६ करोडको कारोबार भएको छ भने निफ्राको ५० करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

नेपाल हाइड्रो डेभलपरको शेयर १० प्रतिशतका दरले बढ्यो भने कर्णाली डेभलप्मेन्ट बैंकको ९.९४ प्रतिशतका दरले कमाएका छन् ।

मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले नाफा कमाएका छन् भने भने हिमालयन ऊर्जाका लगानीकर्ताले ३.७० प्रतिशत गुमाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि