जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्य आठ महिनायताकै सस्तो

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

सुनकाे मूल्य लगातार घट्दा ९० हजारमन्दा तल झरेकाे छ । यो मूल्य पछिल्लो आठ महिनायताकै सस्तो हाे । हिजो एकैदिन तोलामा ११ सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ६ सय रुपैयाँले घटेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ५ सयभन्दा तल झरेकाे हाे । असार ५ गते ८९ हजार ९ सयमा काराेबार भएकाे थियो । बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँ कायम भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँ कायम भएकाे छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ घटेर तोलामा १ हजार ३३५ रुपैयाँमा कायम भएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि