काठमाडौं । नेप्से १५.५० अंकले बढी २६०१.५१ को विन्दुमा पुगेको छ । २०८ वटा कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ती करोडभन्दा बढीको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै नबिल बैंकको ५२ करोड ९९ लाखको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको ४२ करोड २७ लाखबराबरको कारोबार भएको छ।
चन्द्रागिरि हिल्स्को सेयर १० प्रतिशतले दरले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्सको ९.९८ प्रतिशतका दरले बढको छ ।सामुदायिक लघुवित्तको ६.१५ प्रतिशतका दरले घटेको छ भने पाँचथर पावर कम्पनीको ५.६६ प्रतिशतले घटेको हो ।