बैशाख १४, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा नेप्से २,६१६.९४ विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । दोस्रो घण्टामा नेप्से परिसूचक ३०.९४ अंकले बढेर २,६१६.९४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १.२० प्रतिशतले बढेको हो । 

कारोबारको दोस्रो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ, भने बैंकिङ, होटल्स, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

यस अवधिमा २०४ ओटा कम्पनीको ५ अर्ब ६४ करोड ८ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि