जेठ ०६, २०८१, आइतबार
               

पहिलो घण्टामा नेप्से ६६.९२ अंकले बढ्यो

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ६६.९२ अंकले बढेर २,५६०.५१ विन्दुमा पुगेको छ ।   

२५१७.४६ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.६८ प्रतिशतले बढेको हो । यस अवधिमा आरएसडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ, भने आरम्भ चौतारी लघुवित्त, सारथी लघुवित्त र समीट लघुवित्तको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । 

पहिलो घण्टामा १९० ओटा कम्पनीको १७ हजार ६२५ पटकको कारोबारमा ४१ लाख ११ हजार ७४७ कित्ता शेयरको ३ अर्ब ९ करोड ९५ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि