बैशाख २४, २०८१, सोमबार
               

पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु भएको छ ।

पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका हुन् । 

कोइराला आइतबार बिहान सिंहदरबार प्लाजास्थित नेप्सेको भवनअगाडि अनसन बसेका छन् । जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको उनको भनाइ छ । सरकारले बजार सुधारका लागि आवश्यक काम नगरेको उनको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि