बैशाख २८, २०८१, शुक्रबार
               

कोभिड महामारीले १० प्रतिशत उद्योग पूर्ण रुपमा बन्द

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड–१९ का कारण नेपालमा सञ्चालित उद्योगमध्ये १०.८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको ‘कोभिड–१९ ले औद्योगिक क्षेत्रमा पारेको प्रभाव’ विषयक अध्ययन रिपोर्टले यस्तो देखाएको हो ।

रिपोर्ट अनुसार ८९.१९ प्रतिशत उद्योग आंशिक रुपमा सञ्चालनमा छन् । कतिपय उद्योग लकडाउनको समय र त्यसपछि पनि  पूर्ण रुपमा सञ्चालनमा आएका छैनन् । पूर्ण रुपमा बन्द भएका लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत छ ।

५४ प्रतिशत उद्योगले क्षमताको ५० प्रतिशत मात्र उत्पादन गरेका छन् । त्यसैगरी ३२.४३ उद्योगले क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरेका छन् । त्यस्तै, २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको छ । जसका कारण उद्योगको उत्पादन क्षमतामा समेत उल्लेख्य गिरावट आएको छ ।  कोभिडले सबैभन्दा बढी समस्या उद्योगले उत्पादन गर्ने वस्तुको बजारीकरण वा बिक्रीमा परेको छ । 

अध्ययन अनुसार थुप्रै साना, मझौला र ठूला उद्योगका श्रमिकले रोजगारी गुमाएका छन् । प्रभावित उद्योगहरुले उद्योगलाई पहिलेकै अवस्थामा सञ्चालन गर्न ब्याजदरमा विशेष छुको माग गरेका छन् । त्यस्तै, सहुलियत दरको ऋण, कर छुट, विद्युत् डिमान्ड शुल्क उत्पादनको आधारमा तय गर्नुपर्ने, ऋणको भुक्तानी अवधी थप्नु पर्ने, भ्याट फिर्ता, घरभाडा छुट, विद्युत् महशुल दरमा छुट, श्रमिकको पारिश्रमिक कम्तीमा २ वर्ष बढाउन नहुने जस्ता माग गरेका छन् ।

मन्त्रालयले २०७७ कात्तिक १७ देखि मंसिर १६ सम्म सबै वर्गका गरी ३७ उद्योगबाट तथ्यांक संकलन गरी उक्त नमुना अध्ययन गरेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि