बैशाख १३, २०८१, बिहीबार
               

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । 

निगमले  गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ ।

निगमले हिजाे विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ,  डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि