जेठ ०१, २०८१, मंगलबार
               

नेप्से ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से ८.६६ अंकले बढेर २५४३.०३ को विन्दुमा पुगेको छ ।

बुधबार १०९१  कम्पनीको एक करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६४ करोडभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ५२ करोड २ लाखको कारोबार भएको छ भने प्रभु बैंकको ४६ करोड ८ लाखबराबरको कारोबार भएको छ।

गोर्खाज् फाइनान्सका कम्पनीको १० प्रतिशतका दरले बढेको छ भने गुहेश्वरी मचेन्ट बैंकिङको ९.७७ प्रतिशतले बढेको हो ।सामुदायिक लघुवित्तका लगनीकर्ताले ६.३८ प्रतिशतका दरले घटेको छ, भने एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरधनीले ४.२२ प्रतिशतका दरले घटेको हो ।


कस्तो लाग्यो ?

यो पनि