बैशाख ३०, २०८१, आइतबार
               

प्रि-ओपन सेसनमा नेप्से करिब साढे १० अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्से परिसूचक प्रि-ओपन सेसनमा करिब साढे १० अंकले बढेको छ ।

मंगलबार २७.११ अंक घटेर २५३४.३७ विन्दुमा झरेको नेप्से बुधबार सो सेसनमा १०.४४ अंक बढेर २५४४.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.३३ अंक बढेको छ।

बुधबार प्रि-ओपन सेसनमा ३२ कम्पनीका ६ हजार ४९५ कित्ता शेयर कारोबार हुँदा ४० लाख १४ हजार १८० बराबरको  खरिदबिक्री भएको छ। जसमध्ये २६ कम्पनीको शेयरमूल्य बढेको छ भने चार कम्पनीको शेयरमूल्य घटेको छ।

बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर नै रह्यो ।


कस्तो लाग्यो ?

यो पनि