बैशाख ३०, २०८१, आइतबार
               

चालू आर्थिक वर्षमा बजेट ९ प्रतिशत कम

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ काे  बजेटको आकार ९ प्रतिशतले घटाएको छ । चालू आर्थिक वर्षका लागि १४ खर्ब ४६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँमा घटाएको अर्थ मन्त्रालयले जनाएकाे छ ।

६ महिनाको बजेट खर्चको अनुमानका आधारमा कुल बजेटको ९१ दशमलव १९ प्रतिशत हुने गरी १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ हुने गरि संशोधन गर्ने निर्णय गरिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए ।

सरकारले सुरूवाती लक्षको तुलनामा ९१ प्रतिशत चालू खर्च, ८० प्रतिशत पूँजीगत खर्च र ८५ प्रतिशत वित्तीय व्यवस्थातर्फ खर्च हुने अनुमान गरेको छ।

संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ रहने गरि विनियोजन गरिएको छ ।

बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले जानकारी दिए ।

अर्थ मन्त्रालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले यो बजेटमा चुनाबको खर्च तथा कोभिड १९ को खोपको खर्च समेत जोडिएको जानकारी दिए । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि