ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा सर्वसाधारणले मागभन्दा ७.३० गुणा बढी आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार साढे ४ बजेसम्म १३ लाख २६ हजार ७७ जना सर्वसाधारणले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन परेको हाे । कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । जसअनुसार ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि शेयर खुलेकाे हाे ।