बैशाख २९, २०८१, शनिबार
               

नेप्से लाग्यो ओरालो

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं ।  साताको तेस्रो दिन आज सेयर बजार ओरालो लागेको छ ।

सोमबार कीर्तिमानी कारोबार गरेको सेयर बजारमा आज चार अर्ब कम रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो । सोमबार अहिलेसम्मकै उच्च अर्थात् १० अर्ब ६१ करोडको सेयर किनबेच भएको थियो ।

कारोबार मापन गर्ने नेप्से ३१.९० अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ ५.२३ अंकले रातो भएका छन् ।

मंगलबार कारोबारमा सामेल १२ मध्ये दुईवटा समूहको सूचक मात्रै हरियो छ । बाँकी १० समूहको सूचक ओर्लिएको छ । आज विकास बैंक र फाइनान्सको मात्रै कारोबार सूचक हरियो भएको हो ।

बजारमा आज १ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता सेयर बिक्री भएको हो। खुलेदेखि नै ओरालो लागेको बजारमा दिनभरिमा ५३ हजार ५ सय ३७ पटक खरिदबिक्री भएका छन्  ।

आज सेयर कारोबार गर्ने ब्रोकरहरुको अनलाइन प्रणालीमा समस्या भएपछि नेप्सेले ३ बजेर ३५ मिनेटसम्म लम्ब्याइएको थियो ।

आज सेयरबजारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ। कम्पनीको २८ करोडको सेयर किनबेच भएको हो ।

त्यसपछि प्रभु बैंक र ग्लोबल आईएमईको उच्च कारोबार भएको छ । आज कमाउने कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतसम्म कमाएका छन् भने गुमाउने लगानीकर्ताले ५.८२ प्रतिशतसम्म गुमाएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि