बैशाख ३०, २०८१, आइतबार
               

आज १५ सयले बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सुन आज १५ सय रुपैंयाँले बढेको हो । आइतबार ६ सयले बढेको थियो । सोमबार २ सयले घटेको सुन आज १५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ९ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ४०० रुपैंयाँ रहेको छ ।

यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ३४० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि