बैशाख ३१, २०८१, सोमबार
               

शेयर कारोबारमा रौनकता : बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । खरिदबिक्री रकमले सोमबार नयाँ माहोल खडा गरेकाे छ । नेप्से सूचक सामान्य हिसाबले वृद्धि भइरहँदा कारोबार रकममा रौनकता देखिएकाे हाे । खरिदबिक्रीमा उत्साह बढ्नुको अर्थ बजारमा पर्याप्त मात्रामा क्रेता र बिक्रेता छन्, भन्ने नै हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोबार भएको छ । यो अहिलेसम्मकै धेरै कारोबार हो । यसैगरी, नेप्से सूचक पनि २५६१.४७ विन्दुमा आइपुगेको छ । यो पनि अहिलेसम्मकै उच्च विन्दु हो .

आजको कारोबाररपछि बजार पूँजीकरण बढेर साढे ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ रुपैयाँ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बीमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोबारले देखाएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बीमा १३१.९२, उतपादन ७४.८९ र लघुवित्त ३१.४२ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ६२.७२, होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बीमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ विन्दुले बढेको छ । 

कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रह्यो । प्रभु बैंकको ६२ करोड १३ लाख ५३ हजार १२९ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स ३३ करोड ७९ लाख ५६ हजार ८६३, नबिल बैंक ३३ करोड ४४ लाख ३४ हजार ५९७, डिप्रोक्स लघुवित्त ३३ करोड १२ लाख २९ हजार ९२७, ग्लोबल आइएमई बैंक २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रोफाइनान्स २७ करोड ८८ लाख ३४ हजार ७७५, नेपाल पुनर्बीमा कम्पनी २७ करोड ३९ लाख ९५ हजार ४३३, हिमालयन डिस्टिलरी २२ करोड ३२ लाख ८९८ र एनआइसी एशिया बैंक २० करोड ४८ लाख ९७ हजार १०८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा गरिमा विकास लघुवित्त ९.९२, प्रभु बैंक ९.१७, सनराइज बैंक ८.४५, माछापुच्छ्रे बैंक ८.३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैंक ७, सूर्योदय लघुवित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाए । हिमालयन ऊर्जा विकास कम्पनी ६.७८, उन्नती सहकार्य लघुवित्त ६.३७, स्वाभिमान लघुवित्त ५.४७, सिभिल लघुवित्त ५.११, लक्षमी लघुवित्त ४.८२, स्वरोजगार लघुवित्त ४.७३, किसान लघुवित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४.१७ र मिर्मिरे माइक्रोफाइनानसका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए । 

यो पनि