बैशाख ३१, २०८१, सोमबार
               

नेप्से २,५६१.४७ अंकको विन्दुमा

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) शेयर बजार नेप्से परिसूचक ३७.४८ अंकले बढेर २,५६१.४७ अंकको विन्दुमा कायम भएको छ । आज सर्वाधिक शेयर वाणिज्य बैंकको बढेको छ ।  

२०५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७ सय २६ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १७ करोडमाथिको शेयर खरिदविक्रि भएको छ । सर्वाधिक कारोबार हुनेमा प्रभु बैंकको ५८ करोडमाथिको शेयर करोबार, नविल बैंकको ३२ करोडमाथिको शेयर कारोबार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्तको ३१ करोडमाथिको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्तको ९.९२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीको ६ प्रतिशतभन्दा बढीका दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि