बैशाख ३१, २०८१, सोमबार
               

तेस्रो घण्टामा नेप्से २,५५२.८४ विन्दुमा

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक २८.८५ अंकले बढेर २,५५२.८४ विन्दुमा पुगेको छ । तेस्रो घण्टामा १.१४ प्रतिशतले बढेको बजार २०१ वटा कम्पनीको ७ अर्ब ३१ करोड ८३ लाख ४७ हजारबराबरको शेयर खरीदबिक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ वटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ। भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, वित्त, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

तेस्रो घण्टामा प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३९ करोड २८ लाखबराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ४६४ मा कारोबार भइरहेको छ ।

सर्वाधिक कारोबारमा दोस्रो कम्पनी डिप्रोक्स लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३१५ मा २७ करोड ८० लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि