बैशाख ३१, २०८१, सोमबार
               

दोस्रो घण्टामा २३.२७ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा सोमवार नेप्से परिसूचक २३.२७ अंकले बढेर २,५४७.२७ विन्दुमा पुगेको छ, परिसूचक ०.९२ प्रतिशतले बढेको हो ।  

कारोबारको दोस्रो घण्टामा ग्रामीण विकास लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य १ हजार ८६ कायम भएको छ । 

यस अवधिमा १९५ ओटा कम्पनीको ५ अर्ब ४४ करोड ७९ लाख ९५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ, भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, वित्त, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि