बैशाख १६, २०८१, आइतबार
               

नेप्से २,५२४ विन्दुमा

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा नेप्से परिसूचक ४८.७४ अंकले वृद्धि भएर २,५२४ अंकको विन्दुमा कायम भएको छ ।२०२ वटा कम्पनीको एक करोड ७७ लाख ३६ हजार सात सय ३४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४४ करोडको शेयर कारोबार भएको छ । 

आज धेरै कारोबार हुनेमा हिमालयन डिस्टलरीको ५३ करोडमाथिको शेयर कारोबार, नेपाल लाइफ र शिखर इस्योरेन्स कम्पनीको ३१ करोडमाथिको शेयर करोबार भएको छ ।

त्यसैगरी, सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, सारथि नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स र नागरिक लगानी कोषको १० प्रतिशतका दरले बढेको छ भने नेपाल फाइनान्सका कम्पनीको  ६ प्रतिशतभन्दा बढीको दरले घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि