बैशाख १६, २०८१, आइतबार
               

दोस्रो घण्टामा नेप्से २,५०६.६८ विन्दुमा

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ३१.४२ अंकले बढेर २,५०६.६८ विन्दुमा पुगेको छ । परिसूचक १.२७ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १९८ ओटा कम्पनीको ५ अर्ब ३५ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.३ प्रतिशतले घटेको छ । बाँकी विकास बैंक, व्यापार, होटल्स, वित्त जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यसबीचमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ४ हजार ८२७ मा कारोबार भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि