असोज ०५, २०८१, शनिबार
               

एक सातामै हरियो तरकारीको भाउमा दोब्बर वृद्धि

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाको बजारमा हरियो तरकारीको भाउमा  यो साता अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् ।

यो साता कुखुराको मासुको मूल्य भने किलोमा २५ रुपैयाँले सस्तो भएको छ भने कालीमाटी तरकारी बजारबाट थोक बिक्री हुने प्रमुख तरकारीहरु काउली, प्याज, आलु, घिउसिमी तथा गालेभेडाको उपभोक्ता मूल्य बढेको बजार विकास समितिले जनाएको छ । तरकारीको भाउ कम्तीमा दुई रुपैयाँदेखि बढीमा ३० रुपैयाँ किलो थोकमै महँगो भएको देखिएको छ ।

एक साता अवधिमा सेतो आलुबाहेक अन्य तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाले जनाएको छ । नियमित आपूर्ति भईरहेको ठाउँबाट आउने तरकारी सकिएका कारण थोरै मूल्य बढेको संथाका अध्यक्ष गीता आचार्यले बताए ।


कस्तो लाग्यो ?

यो पनि