बैशाख १६, २०८१, आइतबार
               

बिमा क्षेत्रका समस्या समाधानार्थ खरो रुपमा उत्रिन मन्त्री पौडेलको निर्देशन

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहणका क्रममा उनले सो निर्देशन दिएका हुन् । सो क्रममा उनले  बिमा क्षेत्रका समस्या केलाउन पनि निर्देशन दिए ।

‘समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्छ,’उनले भने, ‘आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा साबित गर्नूस् ।’

त्यसैगरी, बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।सो क्रममा उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए । 

सो क्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बिमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यकता रहेको बताउँदै बिमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए । 

त्यसैगरी, राजस्व सचिव रामशरण पुडासैनीले बिमाको पहुँच बढाउन र बिमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए । 

बिहीबार अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बिमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए ।


कस्तो लाग्यो ?

यो पनि