बैशाख ३१, २०८१, सोमबार
               

नेप्से २,४७५.२६ विन्दुमा

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा नेप्से ८.३४ अंकले बढेर २,४७५.२६ को विन्दुमा पुगेको छ । बिहीबार २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर खदिबिक्रि हुँदा ७ अर्ब ६१ करोडमाथिको शेयर कारोबार भएको छ  ।

सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको २७ करोडमाथिको शेयर कारोबार भएको छ, भने डिप्रोक्स लघुवित्तको २४ करोडमाथिको शेयर कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भएको छ । 

सूर्यादय लघुवित्तको १० प्रतिशतका दरले बढेको छ, भने समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तको ९.९९ प्रतिशतका दरले बढेको छ । 

त्यसैगरी, बिहीबार ३.४७ प्रतिशतका दरले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शयर घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि