बैशाख ३१, २०८१, सोमबार
               

६ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्से परिसुचक आज ६.८१ अंकले घटेर २,४६६९२ को विन्दुमा कायम भएको छ । 

बुधवार कारोबारमा आएका २०२ ओटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ हजार ५५९ पटकमा ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ बराबरको शेयर खरीदविक्री भएको हो । 

आज बैंकिङ, माइक्रोफाइनान्स, हाइड्रोपावर र म्युचअल फण्ड बाहेकका सबै उपसूचक घटेका छन् । भने ट्रेडिङ उपूचक पनि २ प्रतिशतभन्दा बढीले घटेको छ । 

ग्लोबल आईमई बैंकको आज धेरै कारोबार भएको छ, ५६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमाको ३२ करोड अरुण कावेली पावर कम्पनी र नेपाल टेलिकमको ३० करोडमाथिको कारोबार भएको छ ।

सर्वाधिक रुपमा आज स्वाभिमान लघुवित्तको १० प्रतिशतभन्दा बढीका दरले बढेको छ भने सबैभन्दा धेरै पोखरा फाइनान्सको ८ प्रतिशतभन्दा बढीका दरले घटेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि