बैशाख ३१, २०८१, सोमबार
               

दोस्रो घण्टामा नेप्से २५९४.३० विन्दुमा

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २०.५६ अंकले बढेर २५९४.३० विन्दुमा पुगेको छ, भने परिसूचक ०.८३ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टामा स्वाभिमान लघुवित्तको शेयरमूल्य १० प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिमा १९६ ओटा कम्पनीकोे ४ अर्ब १७ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा १२ ओटा समूहको परिसूचकमध्ये ५ ओटा समूहको परिसूचक घटेको छ ।बाँकी  ७ ओटा समूहको परिसूचक बढेको छ । 

यस अवधिमा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ भने कम्पनीको शेयरमूल्य ४०४ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि