काठमाडौं । कारोबार सुरु भएको पहिलो घण्टामा आज (बुधवार) नेप्से परिसूचक २५०१.२० विन्दुमा पुगेको छ ।
२४९०.५४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.११ प्रतिशतले बढेको हो ।
यस अवधिमा १८९ ओटा कम्पनीको १८ हजार ७४७ पटकको कारोबारमा ३३ लाख ५४ हजार ७६३ कित्ता शेयरको १ अर्ब ८१ करोड ८९ लाख बराबरको खरीदविक्री भएको छ ।
यो समाचार तयार पारिरहँदा नेप्सो २५ सयबाट केही ओरालो लाग्दै गएको छ ।