बैशाख २८, २०८१, शुक्रबार
               

नेप्से ६५.४९ अंकले बढेर २४७३.७३ विन्दुमा

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार मंगलबार २.७२ प्रतिशत बढेको छ ।नेप्से परिसूचक ६५.४९ अंक बढेर २४७३.७३ विन्दुमा पुगेको हो । 

सेन्सेटिभ इन्डेक्स भने ३.२२ प्रतिशत बढेर ४५१.३८ विन्दुमा पुगेको छ । २४३४.४८ विन्दुदेखि खुलेको बजार आज निरन्तर बढेर बन्द भएको छ । 

मंगलबार २०२ कम्पनीको ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजारबराबरको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर खरिदबिक्री भएको छ । 

होटल समूह बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ६२६ अंकले वृद्धि भएको छ, भने जीवन बीमा समूहको ५९४ अंकले बढेको छ । 

अन्य समूहको सूचक ८० अंकले बढ्दा, उत्पादन समूह ६१ अंक, बैंक, व्यापार र हाइड्रोपावर समान ३३ अंक र विकास बैंकको सूचक २८ अंकले बढेको छ।

पुनर्बीमा कम्पनीको ५८ करोड रुपैयाँ सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको ५३ करोड, नेपाल टेलिकमको २८ करोड, शिखर इन्स्योरेन्सको ३४ करोड र नेशनल लाइफको २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

नेपाल लाइफको २४ करोड, नेको इन्स्योरेन्सको २१ करोड, एनआइसी एसियाको १६ करोड, नेपाल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको १३/१३ करोड रुपैयाँको कारोबार भएको छ।

२९ वटा कम्पनीको मूल्य घटेको छ, भने बाँकी सबै कम्पनीको मूल्य बढेको छ।


कस्तो लाग्यो ?

यो पनि