बैशाख १५, २०८१, शनिबार
               

अब भारत फोन गर्दा मिनेटको १.९९ मात्र लाग्ने

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । एनसेलले भारत कल गर्दा सस्तो प्याकेज ल्याएको छ । 

एनसेलले विन्टर अफर राखी सस्तो दरमा भारत कल गर्न पाइने गरी एक दिन र तिन दिनको सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याक ल्याएको हो ।

एनसेलले नयाँ अभियान अन्तर्गत ‘फास्ट फरवार्ड लाइफ’ यो प्याकेज ल्याएको हो ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपियाँमा कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्ने सुविधा दिएको छ ।

१.९९ रुपियाँ प्रतिमिनेट (करसहित २.५४ रुपियाँ प्रतिमिनेट) को दरमा भारत कल गर्ने सुविधा प्याकेजले दिएको छ ।

दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समय सीमा रहने छ । विन्टर अफरअन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । ग्राहकले करसहित १४ रुपियाँमा खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।


कस्तो लाग्यो ?

यो पनि