बैशाख २८, २०८१, शुक्रबार
               

नेप्से २४५७.९७ विन्दुमा

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ४९.७३ अंकले बढेर २४५७.९७ विन्दुमा पुगेको छ । २.०७ प्रतिशतले बढेको बजारमा २०० कम्पनीको ५ अर्ब ९५ करोड ९० लाखको खरिद बिक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल, वित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ, भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४२ करोड ८८ लाखबराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य १ हजार ६४० मा कारोबार भइरहेको छ ।

यस अवधिमा कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ । यस कम्पनीको प्रतिकित्ता ३६७ मा ३१ करोड २ लाख बराबरको शेयर खरिदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि