बैशाख ३१, २०८१, सोमबार
               

नेप्से ५४.७५ अंकले घटेर २३७०.५४ विन्दुमा

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन (आइतवार) बजार २.२६ प्रतिशत घटेको छ । नेप्से ५४.७५ अंकले घटेर २३७०.५४ विन्दुमा झरेकाे हो । 

आज बजारमा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । 

आज सर्वाधिक रकमको शेयर नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३९ करोड ८९ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको अन्तिम मूल्य २२७३ कायम भएको छ । 

बैंकिङको २.४५ प्रतिशत, व्यापारिक ०.६८ प्रतिशत, होटल १.१४ प्रतिशत, विकास बैंक २.०८ प्रतिशत, जलविद्युत १.९८ प्रीतशत, निर्जीवन बीमा २.१ प्रतिशत, उत्पादन तथा प्रशोधन २.१८ प्रतिशत, अन्य १.३२ प्रतिशत, लघुवित्त २.९२ प्रतिशत,जीवन बीमा २.५८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.४७ प्रतिशतले घटेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ । प्रतिकित्ता ६९ ले बढेर उक्त कम्पनीको अन्तिम मूल्य ७६४ कायम भएको हो । रिलायन्स फाइनान्सको ८.३० प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता २१ ले घटेर अन्तिम मूल्य २३२ कायम भएको हो ।


कस्तो लाग्यो ?

यो पनि