बैशाख २०, २०८१, बिहीबार
               

नेपाल टेलिकमको सेवा प्रभावित

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  नेपाल टेलिकमको सेवा पूर्वका जिल्लाहरुमा प्रभावित भएको छ । आइतबार

अप्टिकल फाइबरमा समस्या देखिदाँ प्रदेश १ का विभिन्न स्थानमा सेवा प्रभावित भएको र मर्मतको काम भइरहेको टेलिकमले जनाएको छ ।

आइतबार बिहान करिब साढे ३ बजेदेखि बर्दिबासमा फाइबरमा समस्या देखिँदा त्यसको असर पूर्वका जिल्लाहरुमा परेको हो ।

फाइबरमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले काम गरिरहेको छ ।

सेवा सुचारुका लागि केही घण्टा समय लाग्ने टेलिकमले जनाएको छ ।

बिहानैबाट टेलिकममा समस्या हुँदा मोबाइल, इन्टरनेट, र ल्याण्डलाइन फोन सेवा प्रभावित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि