बैशाख २२, २०८१, शनिबार
               

नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से १६.५५ अंकले घटेर २४२५.२९ को विन्दुमा कायम भएको छ । आज २०९ वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३१ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्सको १० प्रतिशतका दरले बढ्यो भने स्पोर्ट माईक्रोफाइनान्सको ९.९८ का दरले बढेको हो । 

सिद्धार्थ इक्विटी फन्डका इकाईधनीले ६.७८ प्रतिशतका दरले घट्को छ भने हिमालयन पावर पार्टनर ६.२९ प्रतिशतले दरले घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि