बैशाख २२, २०८१, शनिबार
               

२९.८२ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा बिहीवार नेप्से परिसूचक २९.८२ अंकले बढेर २२२४.३० विन्दुमा पुगेको छ, भने परिसूचक १.३६ प्रतिशतले बढेको हो ।  

यस अवधिमा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ, भने नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेण्ट बैंक र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

दोस्रो घण्टाको अवधिमा २०३ ओटा कम्पनीको ३ अर्ब ९६ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि