बैशाख २२, २०८१, शनिबार
               

पहिलो घण्टामा १९.७४ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर कारोबारको पहिलो घण्टामा आज (बिहीबार) नेप्से परिसूचक १९.७४ अंकले बढेर २३०६.२८ विन्दुमा पुगेको छ ।   

२४६०.८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८६ प्रतिशतले बढेको हो ।  

यस अवधिमा नारायणी विकास बैंक, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, आरम्भ चौतारी लघुवित्त र कामना सेवा विकास बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

पहिलो घण्टामा १९८ ओटा कम्पनीको १५ हजार ३४४ पटकको कारोबारमा ३९ लाख १२ हजार ८२७ कित्ता शेयरको १ अर्ब ८६ करोड २३ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि