जेठ ०२, २०८१, बुधबार
               

नेप्से १८ अंकले बढ्दा २४४१.८५ को विन्दुमा

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार कारोबारमा नेप्से १८.७६ अंकले  बढेर २४४१.८५ को विन्दुमा कायम भएको छ । 

२०८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ९३ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै प्राइम कर्मसीयल बैंकको ३७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कारोबार भएको नेपाल लाइफको ९.९९ प्रतिशतका दरले बढेको छ भने आरम्भ चौतारी लघुवित्तको ९.९८ का दरले बढेको छ । 

पोखरा फाइनान्सको ७.०५ प्रतिशतका दरले घटेको छ, भने सिटिजन म्युचुअल फन्ड–२ को ४.७२ प्रतिशतले दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि