काठमाडौं । कारोबार भएको तेस्रो घण्टामा आज नेप्से परिसूचक ५२.६९ अंकले बढेर २४२७.३३ विन्दुमा पुगेको छ ।
२.२२ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको ६ अर्ब ९२ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिमा मिथिला लघुवित्त, पोखरा फाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ ।
तेस्रो घण्टामा नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ ।
उक्त कम्पनीको ४७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य २ हजार ८६० मा कारोबार भइरहेको छ ।