बैशाख १५, २०८१, शनिबार
               

एनसेलले चक्रपथ हरियाली बनाउँदै

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडाै‌ैं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु-संरक्षण विभागसँगको सहकार्यमा कलंकी देखि कोटेश्वर सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेेलले वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ ।

यस सामाजिक पहलअन्तर्गत एनसेलले कलंकीदेखि कोटेश्वर  सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्ड स्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ । यसै पहलअन्तर्गत एनसेलले एकान्तकुना देखि बल्खु सडकखण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ । यस ग्रीनबेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको संरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ ।

यस अघि एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँचवर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढि रुखबिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम पनि गर्ने जनाएको छ ।

एनसेलका प्रमुखकार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने “वनतथा भू-संरक्षण विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ । रिङरोडको १०.२ किलोमिटर सडकखण्डको क्षेत्रमा दायाँबायाँ हरियाली निमार्ण तथा संरक्षणको कार्य सार्वजनिक-निजी साझेदारीको एक उत्तम उदाहरण हो । यो पहलले समुदायमा स्वच्छ वातावरण निमार्णगर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पुर्याउने विश्वास लिएका छौ ।’ 

 


कस्तो लाग्यो ?

यो पनि