बैशाख २१, २०८१, शुक्रबार
               

आइपीओ आवेदनमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले भरे निफ्राकाे शेयर

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १५ लाख २९ हजार ६६० जनाले आवेदन दिएका छन् । यो संख्या हालसम्मकै उच्च हाे । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार १५ लाख २९ हजार ६६० आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन परेको सिडीएससीले जनाएको छ ।

बैंकहरूले दिनभरमा आएको आवेदन राति १२ बजेसम्म सिस्टममा अपडेट गर्न सक्ने भएकोले अन्तिम तथ्यांक बुधबार मात्र आउनेछ । माग भन्दा बढीको आवेदन परेसंगै सबै आवेदकले माग अनुसार कै शेयर भने नपाउने पक्का भएको छ । यद्यपि सबैले शेयर भने पाउने छन् ।  

कम्पनीले माघ २ गतेदेखि मंगलबार (माघ ६ गते) सम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो। यसआधारमा, सर्वसाधारणले मागभन्दा २.३९ गुणा बढी आवेदन दिएका हुन् । 
 
यता, सीडीएस एन्ड क्लियरिङको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा कुल डिम्याट खाताको संख्या २६ लाख १० हजार ८६२ रहेको छ । इन्फ्रास्ट्रक्चर बैंकमा परेको आवेदनलाई आधार मान्ने हो भने कुल डिम्याट खातामध्ये ५८.५८% डिम्याट खाताबाट आवेदन परेको देखिन्छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि