बैशाख २४, २०८१, सोमबार
               

सिंगटी हाइड्रो इनर्जीको आइपिओ बिक्री खुला

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आजबाट आयोजना प्रभावित स्थानियहरूका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

यस कम्पनीमा धितोपत्र बोर्डले पुस २१ गते,प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । उक्त शेयर बाँडफाँड गरे पछि दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्ने जनाएको छ ।

आयोजना प्रभावित स्थानिय क्षेत्रमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरु रहेका छन् ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपीओमा छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । यस कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ।

यो पनि