बैशाख २२, २०८१, शनिबार
               

८ अर्ब बराबरकाे आइपीओ आज सर्वसाधारणका लागि खुला

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५% ले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि