चन्द्रागिरि हिल्स लिमिटेडले आइपीओ भरेका सबै लगानीकर्तालाई केबलकार यात्रा गर्दा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । ्
यो सुविधा पाउनका लागि स्थानीय तथा सर्वसाधारण सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ जना आवेदकले सेयर भरेको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्नेछ ।
यो योजना २०७७ माघ ५ गतेदेखि १ वर्ष सम्मका लागि मान्य हुनेछ ।