काठमाडौं । कारोबार शुरु भएको दोस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक २८.१० अंकले बढेर २२९५.८४ विन्दुमा पुगेको छ भने परिसूचक १.२४ प्रतिशतले बढेको छ ।
यस अवधिमा २०२ ओटा कम्पनीको १ अर्ब ६० करोड बराबरको खरीदविक्री भएको छ ।
उक्त कारोबार २३ हजार ७६७ पटकको व्यापारमा भएको हो ।
दोस्रो घण्टामा १२ ओटा समूह कारोबारमा आएका परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ४.४८ प्रतिशतले बढेको छ ।