जेठ ०६, २०८१, आइतबार
               

नेप्से २८.३१ अंकले बढेर २२६७.७३ को विन्दुमा

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार नेप्से २८.३१ अंकले बढेर २,२६७.७३ को विन्दुमा कायम भएको छ । 

नेप्से परिसूचक आज ३.८९ अंक बढेर ४३३.२८ विन्दुमा पुगेको छ । आज २०२ ओटा कम्पनीको ४५ हजार ५६९ पटकको व्यापारमा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै जीवन बीमा समुह २.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज निर्जिवन बीमा समुह २.६५ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, प्रभु बैंकको १६ करोडमाथिको शेयर करोबार भएको छ । अपर तामाकोसीको १५ करोड ७१ लाख रुपैयाँको, नेपाल लाइफको १५ करोडको शेयर करोबार भएको छ । नेशनल लाइफको र सिभिल बैंकको १४ करोडको शेयर कारोबार भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स १० प्रतिशतले वृद्धि भएको छ ।  आरम्भ चौतारी लघुवित्त ९.९८ प्रतिशतले वृद्धि भएको छ । नेपाल हाइड्रो डेभलपर्सको ३ प्रतिशतले घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि