जेठ ०६, २०८१, आइतबार
               

तेस्रो घण्टाकाे अपडेट : नेप्से १७.१२ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) कारोबार ;'रु भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७.१२ अंकले बढेर २२५६.५५ विन्दुमा पुगेको छ । ०.७६ प्रतिशतले बढेको हो । 

तेस्रो घण्टामा २०२ ओटा कम्पनीको ३ अर्ब १८ करोड ५७ लाख बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ४० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा प्रभु बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४०७ मा १२ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि