जेठ ०४, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा १०.८० अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार शुरु भएको दोस्रो घण्टामा आज (मंगलवार) नेप्से परिसूचक १०.८० अंकले बढेर २२५०.२२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.४८ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १९६ कम्पनीको २ अर्ब १ करोड ४१ लाख ८० हजार बराबरको खरीदबिक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक,युनाइटेड फाइनान्स,प्रभु लाइफ इन्स्योरेन्स र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यस अवधिमा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ र व्यापार समूहको परिसूचक ०.०४ र १.२७ प्रतिशतले घटेको छ भने बाँकी होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि