जेठ ०४, २०८१, शुक्रबार
               

सरकारले दियो कोरोना बीमा शुल्क बापत ४१ करोड

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना बीमा बापत सरकारले ४१ करोड रुपैयाँ बीमा कम्पनीहरूलाई बुझाएको छ । 

४१ करोड सरकारले बीमा पुलमार्फत दिएको हो । कोरोना बीमा पुलमा दावी भुक्तानीको लागि रकम अभाव भएपछि बीमा समिति र बीमक संघको पहलमा सरकारले गत कार्तिक मसान्त सम्मको कोरोना बीमा बापतको ४१ करोड रुपैयाँ पठाएको जनाइएको छ ।

कोरोना बीमा पुलमा यसअघि नेपाल पुनर्बीमा कम्पनीले ३० करोड रुपैयाँ रकम पठाइसकेको छ । पुनर्बीमा कम्पनीले अझै ७० करोड पठाउन बाँकी छ । अब बीमा समितिले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरूले महाविपत्ति कोषबाट दिने ५० करोड रुपैयाँ बाँकी छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमै कोरोना बीमालाई समावेश गरी सर्वसाधारणको कोरोना बीमा शुल्कमा ५० प्रतिशत र सबै निजामति कर्मचारीलाई शतप्रतिशत शुल्क सरकारले अनुदानबापत व्यहार्ने घोषणा गरेको थियो । सो अनुसार बीमा कम्पनीहरूले सरकारी कर्मचारीहरूको निःशुल्क कोरोना बीमा गराएका थिए । 


कस्तो लाग्यो ?

यो पनि